माघ १६, काठमाडौं
चीनका सबै प्रान्तमा नोबेल कोरोना भाइरसको संक्रमण भेटिएको छ । चीनमा अहिलेसम्म १७० जनाको मृत्यु भएको र सात हजार ७११ जनामा संक्रमण भएको छ ।
चिनियाँ स्वास्थ्य अधिकारीका अनुसार जनवरी २९ सम्म चीनका सबै प्रान्तमा यसको संक्रमण फैलिएको छ । अहिलेसम्म विश्वका १६ मुलुकमा यस भाइरसको संक्रमण देखिएको छ ।
विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गर्ने विषयमा छलफल बिहीबार विश्व स्वास्थ्य संगठनको बैठक बस्ने भएको छ । विश्व स्वास्थ्य संगठनका निर्देशक जनरल टेड्रोस अदानोम घिब्रेयससले जर्मनी, भियतनाम र जापानतर्फ संकेत गर्दै
बुधबार भने, "पछिल्ला केही दिनयता मानवदेखि-मानवमा संक्रमण फैलिने दर चिन्ताजनक छ ।" चीनबाहिर संक्रमण फैलिएका मुलुकहरुमा संक्रमितको संख्या कम छ ।
भाइरसको उद्गम हुबेई प्रान्तमा कार्यालयहरुले घरबाटै काम गर्न आफ्ना कर्मचारीलाई आग्रह गरेका छन् । अमेरिका, बेलायत र जापानले वुहानबाट आफ्ना नागरिक फिर्ता गरेका छन् ।
-बीबीसी
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ