Logo

आइतवार, कार्तिक २३ गते २०८३

अ

कोरोना भाइरस : विश्वभर चिनियाँ नागरिक अपमानित, कलेजबाट निकालिदै विद्यार्थी

कोरोना भाइरस : विश्वभर चिनियाँ नागरिक अपमानित, कलेजबाट निकालिदै विद्यार्थी

  • 1.3K
    SHARES

  • फाइल फोटो काठमाडौँ - विश्वभर कोरोना भाइरस बढ्दै गएपछि चिनियाँ नागरिकलाई दोस्रो दर्जाको रुपमा हेरिन थालिएको छ । केही देशहरुले चिनियाँ नागरिकलाई आफ्नो देशमा प्रवेश गर्न राके लागएको छ । जसमा छिमेकी देशहरु दक्षिण कोरिया, जापान, हङ्गकङ्क तथा भियतनाम रहेका छन् । यी देशले चिनियाँ नागरिकलाई प्रवेश निषेध गरेको छ । यस्तै चिनियाँ नागरिकलाई आइतबार इण्डोनेशियाको होटलबाट निकालिएको थियो । फ्रान्स, अस्ट्रेलिया तथा एसियाका केही देशहरुबाट पनि चिनियाँ नागरिकले अपमान भोग्नु परेका छन् । चीनमा कोरोना भाइरसबाट अहिलेसम्म तीन सय ६१ जनाको मृत्यु भइसकेको छ । भाइरसबाट १४ हजार पाँच सय ६२ जना सङ्क्रमित भएका छन् । फिलिपिन्समा भाइरसबाट एक जनाको मृत्यु भएको छ । समाचार स‌ंस्था रोयटर्सका अनुसार दक्षिण कोरियाको वेबसाइटमा अनेक टिप्पणी सार्वजनिक गर्दै आएको छ । जसमा चिनियाँ नागरिकलाई हेयको भावले गाली गरिएको छ भने आफ्नो देश फर्कन भनिएको छ । 'दक्षिण कोरिया राजधानीको एक व्यापारिक केन्द्रमा चिनियाँ नागरिकलाई प्रवेश निषेध गरिएको छ,' रोयटर्समा उल्लेख गरिएको छ, 'चिनियाँ नागरिकलाई प्रवेश निषेध गरेपछि ठूलो विरोध भएको थियो, विरोधपछि व्यापारिक केन्द्र खुला गरिएको थियो ।' अमेरिकाले पनि चिनियाँ नागरिकलाई विभिन्न स्थानमा जान रोक लगाएको छ । जसमा कलेज, व्यापारिक केन्द्रहरु तथा सार्वजनिक स्थानहरु रहेका छन् । अमेरिकामा पढ्न बसेका एक चिनियाँ नागरिकलाई आफ्नै साथीले कोठाबाट निकालिएको समाचार बाहिर आएको छ । ती चिनियाँ विद्यार्थीलाई साथीले सबै सामान रोडमा फालिदिएर निकालेको समाचारमा जनाइएको छ । एजेन्सी

    • सोमवार, माघ २० २०७६०९:५८:१६
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ