कोरोना भाइरसले दक्षिण कोरियामा ४ जनाको मृत्यु, संक्रमितको संख्या दुई गुणाले वृद्धि
कोरोना भाइरसले दक्षिण कोरियामा ४ जनाको मृत्यु, संक्रमितको संख्या दुई गुणाले वृद्धि
1.3K
SHARES
काठमाडौँ - दक्षिण कोरियामा एकै दिन कारोना भाइरस (कोभिड-१९) का संक्रमित दुई गुणाले बढेको अधिकारीहरुले जनाएको छ । शुक्रबार दुई सय ४ जनामा देखिएको उक्त भाइरस शनिबार थप ४ सय ३३ जनामा देखिएको पुष्टि भएको समाचार जनाइएको छ ।
कोरियाका स्वास्थ्य उपमन्त्री किम गाङ–लिपले भाइरसको संक्रमण ‘गम्भीर अवस्थामा’ पुगेको जनाएका छन् । भाइरसका कारण अहिलेसम्म कोरियामा ४ जनाको मृत्यु भइसकेको छ । मृतकको सङ्ख्या बढ्न सक्ने अधिकारीहरुले जनाएको छ ।
चीनबाट फैलिएको यो भाइरसबाट अहिलेसम्म ७६ हजार ३ सय संक्रमित भएको पुष्टि भएको छ । यस्तै, दुई हजार ३४५ जनाभन्दा बढीको मृत्यु भइसकेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार चीनबाहिर २६ देशमा एक हजार २ सय जनाभन्दा बढीमा संक्रमित भएका छन् । एजेन्सी
११ असोज, कामना ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ