Logo

आइतवार, कार्तिक २३ गते २०८३

अ

साथीहरूका अगाडि नाँच्न नमानेपछि श्रीमानले खौरिदिए कपाल

साथीहरूका अगाडि नाँच्न नमानेपछि श्रीमानले खौरिदिए कपाल

  • 2.1K
    SHARES

  • पाकिस्तानकी एक महिलाले आफ्ना श्रीमानविरुद्ध अनौठो तर घृणित आरोप लगाएकी छन् । केही समय अगाडि सामाजिक सञ्जालमा पाकिस्तानी महिला आजमा अजीजले एउटा भिडियो पोष्ट गर्दै आफ्ना पतिले आफूलाई उनका साथीहरूका अगाडि जबर्जस्ती नाँच्न लगाएको र आफूले नाँच्न नमानेपछि कपाल मुण्डन गरिदिएको बताइन् । उनले सामजिक सञ्जालमा लेखेकी छन्, ‘उसले मलाई दैनिक अत्यन्त धेरै पीडा दिन्थ्यो, पिट्थ्यो । तर, यसपटक त उसले मेरो सबै कपाल नै खौरिदियो ।’ त्यस्तै उनले सोही पोष्टमा आफ्ना पतिको चरम दमन र अत्याचारका बारेमा उल्लेख गर्दै लेखेकी छन्, ‘मलाई नोकरका अगाडि मलाई नाङ्गै बनायो । नोकरलाई समात्न लगायो र मेरो कपाल काटिदियो । उसले ममाथि यति ठूलो अत्याचार गरेको छ कि म बताउन पनि सक्दिनँ । मलाई आफैंलाई थाहा छैन म त्यहाँबाट अर्को दिन कसरी निस्किएँ ।’ आफूमाथि भएको अत्याचारबारे प्रहरीमा जाँदा प्रहरीहरूले आफूसँग पैसा मागेको उनले लेखेकी छन् । ‘मसँग पैसाको थिएन । मेरो अनुरोध हो कि— सहयोग गरिदिनुस् ।’ एजेन्सीकाे सहयाेगमा

    • सोमवार, फाल्गुन १२ २०७६१२:१५:४६
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ