कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका विभिन्न नाकाबाट नेपाल भित्रिनेको सङ्ख्या सोमवार अन्य दिनभन्दा घटेको छ ।
कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा हुँदै कैलालीको त्रिनगर नाकाबाट सोमवार ४ हजार ७ सय ९ जना नेपाली भित्रिएका छन् । सोही नाकाबाट ७ सयभन्दा बढी भारतीय नागरिक बाहिरिएका छन् ।
भारतका विभिन्न शहरबाट आएका सुदूरपश्चिमका नौ जिल्लालगायत पूर्वी नेपालका विभिन्न जिल्लाका उनीहरू कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाका भएर नेपाल भित्रिएका हुन् ।
कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रवीन्द्रनाथ पौडेलले १ हजार ३ सय ५२ जना गड्डाचौकी नाका भएर सोमवार नेपाल भित्रिएको बताए । साथै उनले भने २ सय २० जना भारतीय नागरिक बाहिरिएको समेत जानकारी दिए । आइतबारको तुलनामा आधा कम मानिस भित्रिएका छन् ।
त्यसैगरी, जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता प्रहरी नायब निरीक्षक दक्ष बस्नेतले गौरीफन्टा नाकाबाट ३ हजार ३ सय ५७ जना नेपाली नेपाल भित्रिनुका साथै ५ सय ४० भारतीय नागरिक बाहिरिएको बताए ।
योसँगै सुदूरपश्चिम प्रदेशका विभिन्न नाका भएर जेठ २ गतेयता नेपाल भित्रिने नेपालीको सङ्ख्या करिब ६८ हजार पुगेको छ भने बाहिरिनेको सङ्ख्या करिब ९ हजार पुगेको छ । लकडाउन लागू भएसँगै भारतमा अलपत्र परेका नेपाली तथा भारतीय नागरिक आफ्नो देश आउन र जान थालेपछि बन्द भएका सीमा नाका खोलिएको थियो ।
जेठ २ गतेबाट खुला गरिएको नाकामा दैनिक नेपाली भित्रिने क्रममा सोमबार भने केही सङ्ख्या घटेको छ । सीमा प्रवेशसँगै उनीहरूलाई विभिन्न जिल्लाका विभिन्न स्थानीय तहले गाडी पठाई उद्धार गरी क्वारेन्टाइनमा राखिएका छन् ।
रोजगारका लागि भारत गएका नेपाली लामो लकडाउनले खाना र बस्नका लागि समस्या आउन थालेपछि कोरोनाभन्दा पनि भोकले मरिन्छ कि भन्ने पीरले जोखिम मोलेर विभिन्न कष्ट झेल्दै नेपाल आउनुपरेको बाध्यता उनीहरू सुनाउँछन् ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ