धनगढी । कैलालीमा आफ्नै १३ वर्षीया छोरीलाई जबरजस्तीकरणी गरेको आरोपमा बुबा पक्राउ परेका छन् ।
जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ५ मा १३ वर्षीया छोरीलाई जबरजस्तीकरणी गरेको आरोपमा ४५ वर्षीय बुबालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय फल्टुडेका प्रमुख प्रहरी निरीक्षक माधव विश्वकर्माले भासु जंगलमा हातखुट्टा बाधेर छोरीलाई जबरजस्तीकरणी गरेको भन्ने उजुरीका आधारमा उनलाई पक्राउ गरिएको बताए । उनलाई सहजपुरको जंगलबाट भागिरहेको अवस्थामा मंगलबार पक्राउ गरिएको प्रहरी निरीक्षक विश्वकर्माले जानकारी दिए ।
छोरीलाई घरमा समेत पटक पटक करणी गर्दै आएका उनले भासु जंगलमा रुखमा हातखुट्टा बाँधेर समेत जबरजस्तीकरणी गरेको उजुरी पीडित किशोरीले दिएको प्रहरीले जनाएको छ ।
उनले छोरीलाई अरुलाई भनेमा ज्यान मार्ने धम्की समेत दिँदै आएको खुलेको छ । उनलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाइने प्रहरी निरीक्षक विश्वकर्माले बताए ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ