Logo

आइतवार, कार्तिक २३ गते २०८३

अ

६ जना कोरोना संक्रमित निको नहुँदै डिस्चार्ज

६ जना कोरोना संक्रमित निको नहुँदै डिस्चार्ज


६ जना कोरोना संक्रमित निको नहुँदै डिस्चार्ज

धनगढी । सेती प्रादेशिक अस्पतालबाट ६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

उनीहरू कोरोना मुक्त नभएपनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको नयाँ निर्देशिका अनुसारको डिस्चार्ज मापदण्डभित्र परेकाले उनीहरूलाई डिस्चार्ज गरिएको हो ।

मन्त्रालयले जारी गरेको नयाँ निर्देशिकामा लक्षण नदेखिएको र स्वास्थ्य समस्या नभएका संक्रमितलाई १४ दिन आइसोलेसनमा राखेर डिस्चार्ज गर्न पाइने व्यवस्था गरिएपछि उनीहरूलाई सोही व्यवस्थाअनुसार डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

सूचना अधिकारी श्रेष्ठका अनुसार अछामको मेल्लेख गाउँपालिकाका ३२ वर्षीय पुरुष र ११ वर्षीय बालिका, बैतडीको शिवनाथ गाउँपालिका वडा नम्बर १ का २० वर्षीय र २७ वर्षीय पुरुष तथा शिवनाथ गाउँपालिका वडा नम्वर २ का २० र २२ वर्षीय पुरुषलाई डिस्चार्ज गरिएको हो ।

कामना न्यूज

  • शुक्रवार, जेठ २३ २०७७०३:४८:२८
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ