बझाङ । बझाङमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा कोरोना संक्रमित संख्या ७ पुगेको छ ।
संक्रमित हुनेहरुमा खप्तडछान्ना गाउँपालिकाका ७०, ५७, ३८, २५ वर्षीय पुरुष र दुई जना ४० वर्षीया महिला रहेका छन् । उनीहरुमध्ये ५ जना भारतको दिल्लीबाट एक साता फर्किएका र एक जना दुई साताअघि काठमाडौँबाट आएको जिल्ला अस्पतालका कोरोना फोकल प्रर्सन डा. मिलन खड्काले बताए ।
२ दिनअघि उनीहरुसँगै रहेका २० जनाको नमुना स्वाब संकलन गरिएको थियो । नमुना स्वाब संकलन गरिएका २० मध्ये ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । संक्रमितहरुलाई खप्तडछान्ना गाउँपालिकाले बनाएको आइसोलेसनमा राखिने भएको छ ।
खप्तडछान्ना गाउँपालिकाका अध्यक्ष बर्क रोकायाका अनुसार हाल खप्तडछान्ना गाउँपालिकाका ३५० जना क्वारेन्टाइनमा बसिरहेका छन् ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ