धनगढी । सुदूरपश्चिममा भारत लगायत विभिन्न ठाउँहरूबाट घर फर्किएर क्वारेटाइनमा बसेका ६ जनाको ज्यान गएको छ ।
एक हप्ताको समयावधिमा सुदूरपश्चिमका चार जिल्लाका ६ जनाको क्वरेटाइनमै मृत्यु भएको हो ।
मृतकहरूमध्ये तीन जनाको कोरोना जाँच भएकोमा रिपोर्ट नेगेटिभ आएको छ । तीन जनाको भने कोरोना परिक्षण बाँकी नै रहेको छ ।
त्यस्तै आइतबार बिहान क्वारेन्टाइनमा बसिरहेका थप १ जनाको मृत्यु भएको छ । डोटीको केआईसिंह गाउँपालिकाका १९ वर्षीय युवकको क्वारेन्टाइनमै ज्यान गएको हो । सीताराम आधारभुत विद्यालयको क्वारेन्टाइनमा बसेका युवाको ज्यान गएको स्वास्थ्य कार्यालय डोटीका कोभिड–१९ सम्पर्क व्यक्ति सुर्यबहादुर विष्टले बताएका छन् ।
विष्टका अनुसार मृतकको कोरोना परीक्षणका लागि थ्रोट स्वाबको नमुना संकलन गरेर परीक्षणका लागि धनगढी पठाउने तयारी भइरहेको छ ।
यस्तै बैतडीमा पाटन नगरपालिका ६ भीमदत्त प्राविधिक शिक्षालयको क्वरेण्टीनमा बसेका ३१ वर्षका पुरुषको ज्यान गएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए । मृतकको स्वाब परीक्षणका लागि धनगढी पठाउने तयारी छ ।
बैतडीमा यसअघि पनि क्वरेटाइनमा नै एक महिलाको ज्यान गएको थियो । पुर्चौँडी नगरपालिका ४ मा मंगलबार महिलाको ज्यान गएको हो ।
त्यस्तै बाजुराको खप्तड छेडेदह गाउँपालिका–७ मष्टा आधारभूत विद्यालयको क्वरेण्टीनमा पनि एक वृद्धको ज्यान गएको छ । ६५ वर्षका वृद्ध जेठ १६ गतेदेखि क्वरेटाइनमा बसेका थिए ।
सर्वपक्षीय सहमति र विज्ञको सुझावका आधारमा शव व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताए । डडेल्धुरामा पनि घर फर्किएकी महिला र एक बालकको ज्यान गएको छ ।
गन्यापधुरा गाउँपालिका १ असिग्राम आधारभुत विद्यालय रौनाकोट क्वारेन्टाइनमा ३० वर्षीया महिलाको ज्यान गएको हो । उनको कोरोना रिपोर्ट भने नेगेटिभ आएको छ । त्यस्तै डडेल्धुरामा ७ वर्षीय बालकको पनि ज्यान गएको छ ।
डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका बालकको ज्यान गएको डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए । बालकको कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ