काठमाडौँ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६३ पुगेको छ। प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार विज्ञप्ति जारी गरी थप ३२ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमित संख्या १ हजार ६३ पुगेको जनाएको हो।
गएको २४ घण्टामा प्रदेशको नवलपरासीका १९ तनहुँका ९, पर्वतका ३ र बागलुङका १ जनामा कोरोना पुष्टि भएको छ । परासीको कावासोतीका मात्रै ११ जना पुरुष छन्।
त्यस्तै, मध्यबिन्दुका ४ पुरुष र १ महिला पनि संक्रमित हुन पुगेका छन्। वर्ष १० का बालकसहित वर्ष २४, २८ र ३३ का पुरुष हुन् भने ३० वषीया महिला हुन्। उनीहरु सबैको नमुना परीक्षण भरतपुर अस्पतालमा भएको हो।
यता, पोखराको प्रदेश क्षयरोग केन्द्रमा भएको परीक्षणमा तनहुँको ऋसिङका ७ र भीमादका २ गरी ९ जना पुरुषमा कोरोना पुष्टि भएको छ। उनीहरुको उमेर समूह ववर्ष १८ देखि ४७ सम्म छ।
पर्वत जिल्लाको बिहादी गाउँपालिकाका वर्ष २९, फलेबासका वर्ष १८ र पैयुँका ३४ वर्षीय पुरुषमा पनि कोरोना देखिएको छ भने बागलुङको जैमिनी गाउँपालिकाका २१ वर्षीय पुरुष संक्रमित छन्।
कोरोना संक्रमण देखा परेका सबै जनालाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भएको स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले जनाए।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ