Logo

आइतवार, कार्तिक २३ गते २०८३

अ

किसानका कुराः जोडे डेढ अर्बको सम्पत्ति, वार्षिक १५ करोडभन्दा रुपैयाँ बढी आम्दानी

किसानका कुराः जोडे डेढ अर्बको सम्पत्ति, वार्षिक १५ करोडभन्दा रुपैयाँ बढी आम्दानी


किसानका कुराः जोडे डेढ अर्बको सम्पत्ति, वार्षिक १५ करोडभन्दा रुपैयाँ बढी आम्दानी

राम्रो कमाइ गर्न युरोप अमेरिका जानुपर्छ र सरकारी जागिर नै खानुपर्छ भन्ने मान्यतालाई छाडेर गाईपालन रोजे रुपन्देही तिलोत्तमाका शशी पौडेलले।

अहिले उनी सबै नेपालीको प्रेरणाको स्रोत बनेका छन्। यसबीचमा कोरोना कहरले देश थलियो, अर्थतन्त्र डामाडोल भयो। लकडाउनका कारण सबै व्यवसाय ठप्प रहे। कमाइ भएन, भोकमरी लाग्यो भनेर रोइकराइ नै गर्नुपर्ने दिन समेत आए।

तर तिलोत्तमाका ती शशीलाई यी कुनै समस्याले पनि छोएनन्। १० वर्षअघि टिकुलीगढमा लुम्बिनी एग्रो प्रोडक्टस् एन्ड रिसर्च सेन्टरबाट गाई पालन सुरु गरेका उनी अहिले वार्षिक १५ करोड रुपैयाँ बढी आम्दानी गर्छन्।

पौडेल १० वर्षभित्रै देशकै अगुवा व्यावसायिक पशुपालक किसान बनेका छन्। उनी भन्छन्, ‘म अमेरिका गएको भए पनि सन्तुष्ट हुने थिइनँ होला, अहिले देशमै गाईपालनले पूर्ण सन्तुष्टि दिएको छ।’

2.jpg

उनले आफ्नो व्यवसायको थालनी २०६७ वैशाखदेखि २ सय ५० वटा होलेन्टोर र जर्सी गाईपालनबाट शुरू गरेका हुन्। तीमध्ये केही गाई स्वदेशी र केही अन्य देशबाट ल्याइएका थिए। अहिले उनको फर्ममा साना–ठूला गरी ५ सय ५० गाई पुगेका छन्।

युरोपका विभिन्न देशका कृषि क्षेत्रको अध्ययन र फर्ममा समेत पुगेका पौडेल भन्छन्, ‘नेपाल र अन्य देशको कृषि क्षेत्र आकाश जमिनको जस्तै फरक छ। त्यहाँ राज्यले किसानलाई धेरै प्रोत्साहन गर्छ। नेपालका नेता र सरकारले भाषणमा मात्रै देश विकासको कुरा गर्छन् अनि कसरी हुन्छ कृषि क्षेत्रको विकास र समृद्धि?’

उनले गाईलाई चाहिने हरियो घाँस २५ बिगाहा क्षेत्रमा लगाएका छन्। उनले दैनिक २ हजार ५ सय लिटर दुध उत्पादन गर्ने गरेको बताए।

उनले भने, ‘लकडाउनपूर्व दैनिक २ हजार ५०० लिटर दूध उत्पादन हुने गरेको थियो। अहिले घटेर १ हजार ५०० लिटरमा झरेको छ । दाना राम्रोसँग बजारमा नपाइँदा गाईले दूध घटाए।’ फर्मबाट उत्पादित दूध बुटवल, तिलोत्तमा र भैरहवामा बिक्री हुन्छ।

फर्ममा दूध चिस्साउने मशिन छ, गाईबाट बाच्छी मात्र जन्माउन मिल्ने ‘सेक्समिन ब्रिडिङ’ प्रविधि पनि छ। प्रांगारिक मल कारखाना र दाना उद्योग पनि छ। अहिले फर्म नजिकै गोबर ग्यासबाट ४० केभीए विद्युत् पनि उत्पादन गरिएको छ।

‘अब हामीलाई विद्युत् चाहिँदैन। हामीलाई चाहिने विद्युत् आफैं निकालेर चलाएका छौँ,’ उनी भन्छन्, ‘अमेरिका नगएर मातृभूमि प्रतिको दायित्व पनि पूरा गरे। म पनि गाई पालेर पूर्ण सन्तुष्ट भएँ।’

3.jpg

पर्वत कुर्घामा ५० वर्षअघि जन्मिएका पौडेलले बाल्यकाल पर्वतमा बिताए। २०५० सालमा प्राथमिक तह अन्तर्गत स्थायी शिक्षकमा नाम निकाले। त्यसपछि विभिन्न विद्यालयमा ९ वर्ष पढाएर उनले शिक्षकबाट राजीनामा दिए।

‘व्यापार गर्ने मन थियो तर हातमा चक र डस्टर,’ उनी भन्छन्, ‘मनले मानेन, पढाएरभन्दा आफूलै नै केही व्यापार गर्छु भन्ने लाग्यो अनि घरमा भनेर व्यापार गर्ने सोच अगाडि बढाएँ।’

पढाउँदाको केही पैसा र घरबाट सहयोग मिलेपछि उनले नवलपरासीमा पेट्रोल पम्प खोले। त्यो खोल्दा नै उनी अमेरिका जाने प्रक्रियामा थिए। अमेरिका जाने, उतै व्यापार गर्ने सपना थियो। उनले भनेझै अमेरिकाको भिसा लाग्यो।

उनले पेट्रोल पम्प बिक्री गरे। सन् २००१ सेप्टेम्बर १९ गते ५ वर्षे मल्टिपल भिसा लागेर पौडेल अमेरिका उडे।

अमेरिकामै पेट्रोल पम्प खोल्ने र व्यापार गर्ने सपना देखेका उनलाई अमेरिका बस्न मनले मानेन।

उनी भन्छन्, ‘परदेशमा भन्दा आफ्नो देशमा केही गर्ने सोच बदलियो। त्यसपछि भिसा त्यागेर १ महिना नपुग्दै नेपाल फर्किएँ।’

त्यसपछि उनले अब नेपालमै नमूना व्यावसायिक पशुपालनको योजना बनाए। शुरूआती समयमै ठूलो लगानी गर्न आँटिए उनी।

गाईलाई आवश्यक पराल र दाना किसानबाट खरिद गरे पनि फर्मलाई चाहिने आवश्यक हरियो घाँस २ सिजन आफैं लगाउँछन्। फर्मबाट वर्षमा ३०० गाईका बाच्छी बिक्री पनि गरिन्छ।

हाल फर्मको आम्दानी वार्षिक १५ करोड रुपैयाँ बढी रहेको छ। फर्ममा ३० जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन्। पौडेलको कृषि कर्मबाटै ३ छोरा र १ बुहारी बेलायतमै अध्ययन गर्छन्।

पौडेलले पशुपालन गरेको छोटो समयमै धेरै पुरस्कारहरू हात पारेका छन्। विश्व खाद्य संगठनदेखि नार्क लगायत संस्थाबाट उनले विभिन्न अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेका छन्। पूर्व राष्ट्रपति डा. रामवरण यादवबाट विकास रत्न विभूषणबाट विभुषित भएका छन् उनी।

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनसेवा श्री विभुषणबाट विभुषित भइसकेका छन्। गत फागुनमा प्रदेश स्थापना दिवसमा प्रदेश ५ सरकारले पनि प्रदेश रत्न पदकबाट उनलाई सम्मान गरेको छ।

कामना न्यूज

  • शनिवार, आषाढ २० २०७७०३:३०:२८
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ