नेपालगञ्ज । कोरोना संक्रमणको उच्च जोखिममा रहेको प्रदेश ५ का विभिन्न जिल्लामा कोरोना संक्रमण कम हुँदै गएको छ।
संक्रमित निको भएर फर्किनेको संख्या निरन्तर बढेकाले कोरोना त्रास कम हुँदै गएको हो।
बाँके, कपिलवस्तु, गुल्मीलगायत उच्च जोखिमका जिल्लामा निको भएर फर्किने बढेका छन् तर पश्चिम नवलपरासीमा संक्रमण थपिएको छ ।
गुल्मीमा ३ सय ४१ जना संक्रमितमध्ये १ सय ८३ जना उपचारपछि निको भएर घर फर्किएका छन्। स्थानीय तहले निर्माण गरेका विभिन्न आइसोलेसनमा बस्दै आएका उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले बताए।
गुल्मी जिल्लाका विभिन्न आइसोलेसनमा राखेर १ सय ५५ जनाको उपचार भइरहेको छ भने ९ सय ४२ जना क्वारेन्टाइनमा छन्। हालसम्म जिल्लामा कोरोना संक्रमणका कारण तीन जनाको ज्यान गइसकेको छ।
बाँके जिल्लामा पछिल्लो समय कोरोना संक्रमित घट्दै गएपछि सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीको परीक्षण सुरु गरिएको छ।
कोभिड–१९ रोकथामका लागि पत्रकारको भूमिकाका बारेमा शनिबार नेपालगञ्जमा स्वास्थ्य कार्यालयले आयोजना गरेको कार्यक्रममा २२ जना पत्रकारको स्वाब संकलन गरिएको छ।
नेपालगञ्जका विभिन्न स्थानबाट आकस्मिक स्वाब संकलन पनि सुरु गरिएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए। नेपालगञ्जको टाँगा स्टेसन क्षेत्रबाट शुक्रबार ९८ जनाको स्वाब संकलन गरिएको थियो।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ