Logo

आइतवार, कार्तिक २३ गते २०८३

अ

भारतबाट नेपाली आउने क्रम रोकिएन

भारतबाट नेपाली आउने क्रम रोकिएन


भारतबाट नेपाली आउने क्रम रोकिएन

भारतबाट नेपाली आउने क्रम लकडाउनको चार महिना पुग्न लाग्दा पनि  रोकिएको छैन । बाँके प्रशासनका अनुसार, शुक्रबार मात्रै १ सय ७७ जना नेपालगन्ज नाकाबाट घर फर्किएका छन् । ती मध्ये ५४ जना कर्णाली प्रदेशका हुन् ।

विहीवार ३ सय ७७ जना नेपालगन्ज नाकाबाट भित्रिएका थिए ।जसमध्ये १ सय ६० जना कर्णाली थिए  । उनीहरुलाई गाडी खोजेर घर पठाइएको थियो  । भारतबाट आएका बाँके र बर्दियाका व्यक्तिहरुलाई भने आफ्नै घरमा क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउन लागिएको छ ।

बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ओम रानाले पछिल्लो समय भारतबाट फर्किने नेपालीहरुको सख्यामा निकै कमी आएको बताउछन् । उनले भारतबाट फर्किनेहरुलाई नेपालगन्ज भन्सारको यात्रु शाखामा राखेर सम्बन्धित पालिकालाई जानकारी दिने गरेको जनाए । बाँके र बर्दियाको हकमा सम्बन्धित वडा अध्यक्ष वा जनप्रतिनिधिहरुलाई बोलाएरै जिम्मा लगाइन्छ  ।

भारतका विभिन्न शहरबाट नेपालगन्ज नाका हुदै फर्किएका व्यक्तिहरुलाई प्रहरीले जनप्रधिनिधिहरुको  रोहबरमा १४ दिन क्वारेन्टाइनमा राख्न आग्रह गरेर र पठाउन थालिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले भारतबाट फर्किएका व्यक्तिहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमै बस्नु पर्ने निर्देशिका रहेको बताए । ‘निर्देशिका अनुसार क्वारेन्टाईनमै राख्नै पर्छ,’ उनले भने । नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले भारतबाट फर्किने नेपालगन्जका स्थानीयलाई महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राख्ने गरेको बताउछिन् । नेपालगन्जबाहेक अन्य स्थानकालाई भने  गाडी खोजेर पठाउँदै आएको उनको भनाइ छ ।

 

कामना न्यूज

  • शनिवार, आषाढ २७ २०७७१२:२७:१०
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ