Logo

आइतवार, कार्तिक २३ गते २०८३

अ

बफेटले सुन किन्न बैंक बेचिदिए ‘संकटका लगानी सूत्र’

बफेटले सुन किन्न बैंक बेचिदिए ‘संकटका लगानी सूत्र’


बफेटले सुन किन्न बैंक बेचिदिए ‘संकटका लगानी सूत्र’

काठमाडौँ । संसारका सर्वाधिक चर्चित शेयर बजारका लगानीकर्ता वारेन बफेट आज आफ्नो ९० औँ जन्मदिन मनाइरहेका छन्। पछिल्ला दिनमा उनले सुनमा लगानी गर्ने अप्रत्याशित निर्णय गरेसँगै उनी फेरि एक पटक चर्चामा आएको छ। 

शेयर बजारका बादशाह उपनामले चिनिने बफेटले कुनै बेला भन्ने गर्थे-सुनमा गरिएको लगानी व्यर्थको लगानी हो। जसको कुनै काम छैन। तर, अहिले उनी ठुला र चर्चित भनिएका बैंकहरुमा गरिएको लगानी फिर्ता गर्दै धमाधम सुन किनिरहेका छन्। 

कोरोनाले विश्वव्यापी आर्थिक संकट उत्पन्न गराएर सबै लगानीकर्ताहरूलाई के गर्ने कसो गर्ने भन्ने अन्यौलता पारिरहेका बेला उनले लगानीमा देखाएको फेरबदल निकै अर्थपूर्ण छ। 

लगानीको मामिलामा सधैँ सही निर्णय सक्ने व्यक्तित्वका रूपमा आफ्नो पहिचान बनाएका अनुभवी लगानीकर्ता बफेटले संकटका बेला समेत कसरी ठिक निर्णय गर्ने भन्ने विषयमा केही टिप्सहरू दिएका छन्। 

उनका महत्त्वपूर्ण अनुभवले भरिएका त्यस्ता टिप्सहरू अवश्य पनि जस्तो सुकै संकटका बेला समेत सही निर्णय गर्न सहयोगी बन्ने छन्। त्यस बाहेक उनको प्रेरणादायक जीवनशैलीका केही रोचक पक्ष र अहिलेको संकटलाई समेत ध्यानमा राख्दै केही सुझावहरु प्रस्तुत गरिएको छ। 

बफेटका रोचक अनुभवहरू 
बारेन बफेटका अनुसार मान्छे भाग्यले मात्रै धनी बन्दैन। धनी बन्न खास रणनीतिको आवश्यक पर्छ। उनका अनुसार यदि धनी बन्न चाहने हो भने आफै भित्र केही आदतहरू विकास गर्नुपर्छ। यस्ता आदतहरूमा पैसा खर्च गर्ने देखि लिएर लगानी गर्ने सम्मका कुराहरू पर्छन्। उनी सधैँ केही नयाँ सिक्ने रहर हुनुलाई पनि धनी बन्ने एक महत्त्वपूर्ण कडिकारुपमा प्रस्तुत गर्छन्। 

त्यसो त बफेटले १४ वर्षको उमेरदेखि लगानी शुरु गरेका हुन्। सन् १९४४ को आँकडाका अनुसार उनले लगानीबाट २२८.५ डलर कमाएका थिए। उनको विशेषता यो हो की उनले जे मा लगानी गर्छन् त्यहाँबाट नाफा प्राप्त गर्छन्। 

कोरोनाबारे बफेटको धारणा 
कोरोना भाइरसको महामारीले गर्दा संसारभरको शेयर हाहाकारको स्थितिमा छ। यस बेला केही लगानीकर्ताहरूले धेरै सम्पत्ति गुमाइसकेका छन्। कतिपय लगानीकर्ताहरूको मनमा डर छ र यस्तो बेला लगानी गर्ने ठिक हो या होइन छुटाउन सकिरहेका छैनन्। 

यो बेला संसारकै सर्वाधिक ठुला लगानीकर्ता बारेन बफेटको सोच भने बिलकुलै फरक छ। उनी बजारमा देखिएको गिरावटलाई डरको रूपमा हेर्दैनन्। बरु उनी भन्ने गर्छन् बजारमा आएको गिरावटले सधैँ लगानीको नयाँ मौका लिएर आउँछ।
 
स्मार्टफोन बोक्दैनन् बफेट
बारेन बफेट सामान्य जिन्दगी बाँच्ने प्रयत्न गर्छन्। उनी अहिले पनि स्मार्टफोनको प्रयोग गर्दैनन्। पुरानो फ्लिप फोन प्रयोग गर्ने बफेट भन्छन्म- कुनै पनि चिज फ्याँक्दिन। जबसम्म त्यो काम गरिरहन्छ वा २०-२५ वर्ष पुरानो हुँदैन। 

यसरी कुनै पनि वस्तुसँग लामो समयसम्म जोडिएर रहने उनको आदत उनको लगानी रणनीतिसँग समेत जोडिएको पाइन्छ। जस्तो की उनी भन्ने गर्छन्, यदि तपाई १० वर्षसम्म त्यसलाई थाम्न सक्नुहुन्न भने कुनै पनि स्टक (शेयर) खरिद नगर्नुस्। 

लगानीबारे उनका टिप्स यस्ता छन् 
भरोसा नभएसम्म लगानी नगर्ने-बफेटले भन्ने गरेका छन् बजारको कुनै पनि त्यस्तो क्षेत्रमा लगानी नगर्नु जबसम्म तपाईँलाई त्यो कम्पनी वा क्षेत्रसँग पुर्णरुपमा भरोसा जाग्दैन। कुनै पनि लगानीबारे थोरै मात्रै सन्देह छ भने त्यसमा लगानी नगर्न उनी सुझाव दिन्छन्। अरूको सल्लाहको आधारमा त झन् लगानी गर्ने नहुने उनको सुझाव छ। 

सबै कुरा बुझेर मात्रै लगानी गर्ने-अन्य लगानीकर्तालाई हेरेर बजारमा पैसा नहाल्न उनको सुझाव छ। जहाँ लगानी गर्न खोजिन्छ त्यसबारे स्वयम् आफैले बुझ्नुपर्ने बफेटको धारण छ। पुँजी बजारमा धेरै खालका अफवाह फैलने हुनाले त्यसको पछि नलाग्न र आफूले छानेको राम्रो कम्पनीको उपयुक्त मूल्यमा शेयर खरिद गर्नुपर्ने उनको विचार रहेको छ। 

आफूलाई शान्त राख्नु-सन् २०१७ मा उनले आफ्नो कम्पनी वर्क सायर हैथवेका लगानीकर्ताहरूलाई उनले लेखेका थिए, जब बजारमा मन्दी देखा पर्छ त्यो बेला आफूलाई शान्त राख्ने गर्नुपर्छ। हडबडाएर शेयर बिक्री गर्नतिर लाग्नु भएन। उनी लगानीकर्ताहरूले लगानीका आधारभूत नियम सधैँ पालना गर्नुपर्ने विचार राख्छन्। जसमा बजारमा गिरावट देखिनासाथ नआत्तिनु पनि एक हो। 

लगानभिन्दा नाफामा ध्यान दिने-यो महत्त्वपूर्ण होइन की तपाईँले कहाँ र कस्ता कम्पनीमा लगानी गर्नु भएको छ। बरु कति नाफा प्राप्त गर्न सकिने कम्पनीको लगानी गर्नु भएको छ त्यो कुरा महत्त्वपूर्ण हुन्छ। त्यसैले नाफालाई हेरेर लगानी गर्न उनले सुझाव दिएका छन्। त्यसैगरि, आफूलाई मन परेको मात्र काम गर्न तर अरूको लहडमा आएर पुँजी बजारमा नहोमिन समेत उनले सुझाएका छन्।

सबै कुरा बुझेर मात्रै लगानी गर्ने
अन्य लगानीकर्तालाई हेरेर बजारमा पैसा नहाल्न उनको सुझाव छ। जहाँ लगानी गर्न खोजिन्छ त्यसबारे स्वयम् आफैले बुझ्नुपर्ने बफेटको धारण छ। पुँजी बजारमा धेरै खालका अफवाह फैलने हुनाले त्यसको पछि नलाग्न र आफूले छानेको राम्रो कम्पनीको उपयुक्त मूल्यमा शेयर खरिद गर्नुपर्ने उनको विचार रहेको छ। 

आफूलाई शान्त राख्नु
सन् २०१७ मा उनले आफ्नो कम्पनी वर्क सायर हैथवेका लगानीकर्ताहरूलाई उनले लेखेका थिए, जब बजारमा मन्दी देखा पर्छ त्यो बेला आफूलाई शान्त राख्ने गर्नुपर्छ। हडबडाएर शेयर बिक्री गर्नतिर लाग्नु भएन। उनी लगानीकर्ताहरूले लगानीका आधारभूत नियम सधैँ पालना गर्नुपर्ने विचार राख्छन्। जसमा बजारमा गिरावट देखिनासाथ नआत्तिनु पनि एक हो। 

लगानभिन्दा नाफामा ध्यान दिने
यो महत्त्वपूर्ण होइन की तपाईँले कहाँ र कस्ता कम्पनीमा लगानी गर्नु भएको छ। बरु कति नाफा प्राप्त गर्न सकिने कम्पनीको लगानी गर्नु भएको छ त्यो कुरा महत्त्वपूर्ण हुन्छ। त्यसैले नाफालाई हेरेर लगानी गर्न उनले सुझाव दिएका छन्। त्यसैगरि, आफूलाई मन परेको मात्र काम गर्न तर अरूको लहडमा आएर पुँजी बजारमा नहोमिन समेत उनले सुझाएका छन्। 

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ