काठमाडौँ । विश्वभर कोरोना भाइरसबाट २ करोड ६४ लाख ८९ हजार ७ सय ८ जना संक्रमित भएका छन् भने ८ लाख ७३ हजार ५ सय ५४ जनाको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ।
कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या ६३ लाख ३५ हजार २ सय ४४ पुगेको छ। त्यहाँ ज्यान गुमाउनेको संख्या पनि १ लाख ९१ हजार ५८ पुगेको छ।
अमेरिकापछि सबैभन्दा बढी संक्रमित रहेको ब्राजिलमा ४० लाख ४६ हजार १ सय ५० जना संक्रमित भएकोमा १ लाख २४ हजार ७ सय २९ जनाले ज्यान गुमाएका छन्।
यसैगरी संक्रमितको संख्यामा तेस्रो स्थानमा भारत रहेको छ। त्यहाँ ३९ लाख ३६ हजार ७ सय ४७ जनामा संक्रमण भएकोमा ६८ हजार ५ सय ६९ भन्दा धेरैको ज्यान गएको छ।
रसियामा १० लाख १५ हजार १ सय ५ जना संक्रमित भएका छन् भने १७ हजार ६ सय ४९ जनाको मृत्यु भइसकेको छ। स्पेनमा ४ लाख ८८ हजार ५ सय १३ संक्रमित भएकोमा २९ हजार २ सय ३४ जनाले ज्यान गुमाएका छन्।
बेलायतमा ३ लाख ४० हजार ४ सय ११ संक्रमित भएकोमा ४१ हजार ५ सय २७ जनाको मृत्यु भइसकेको छ। पेरुमा संक्रमितको संख्या ६ लाख ७० हजार १ सय ४५ छ भने २९ हजार ४ सय ५ जनाको मृत्यु भइसकेको छ।
यस्तै कोरोना भाइरस संक्रमणबाट विश्वभर निको हुनेको संख्या १ करोड ६८ लाख ८५ हजार ९८ पुगेको छ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ