Logo

आइतवार, कार्तिक २३ गते २०८३

अ

जापानमा  ६.१ म्याग्निच्युडको भूकम्पको धक्का

जापानमा  ६.१ म्याग्निच्युडको भूकम्पको धक्का


जापानमा  ६.१ म्याग्निच्युडको भूकम्पको धक्का

काठमाडौँ । जापानमा ६.१ म्याग्निच्युडको भूकम्प गएको छ। मियागी क्षेत्रमा शनिबार भूकम्प गएको त्यहाँको भू–गर्भ क्षेत्रमा कार्यरत अधिकारीहरुले जानकारी दिएका छन्।

स्थानीय समयअनुसार बिहान ११.४४ बजे भूकम्पको धक्का महसुस गरिएको उनीहरुले बताएका छन्। भू–गर्भविद्हरुले दिएको जानकारीअनुसार जमिनको ४० किलोमिटर गहिराइबाट कम्पन भएको थियो। 

अहिले आएको भूकम्पपछि कुनै आँधीको सम्भावना भने नदेखिएको विज्ञहरुले बताएका छन्। यो भूकम्पका कारण कुनै मानवीय तथा भौतिक क्षति भएका विवरण पनि प्राप्त नभएको अधिकारीहरुले जनाएका छन्। 

एसियाको विकसित मुलुक जापानमा भूकम्प धेरै जाने गरेको छ। भूकम्पका कारण हरेक वर्ष धेरै जनधनको क्षति पनि हुने गरेको छ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ