काठमाडौँ । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ करोड ४२ हजार ७ सय ७६ पुगेको छ । कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ९ लाख ४५ हजार भन्दा धेरै भएको छ।
यसैगरी विश्वभर कोरोना संक्रमणबाट निको हुनेको संख्या २ करोड १८ लाख ८ हजार ८ सय ५२ पुगेको छ।
कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या ६८ लाख २८ हजार ३ सय १ पुगेको छ। त्यहाँ ज्यान गुमाउनेको संख्या पनि २ लाख १ हजार ३ सय ४८ छ।
अमेरिकापछि सबैभन्दा बढी संक्रमित रहेको भारतमा ५१ लाख १८ हजार २ सय ५३ जना संक्रमित भएकोमा ८३ हजार २ सय ३० जनाले ज्यान गुमाएका छन्।
यसैगरी संक्रमितको संख्यामा तेस्रो स्थानमा ब्राजिल रहेको छ। त्यहाँ ४४ लाख २१ हजार ६ सय ८६ जनामा संक्रमण भएकोमा १ लाख ३४ हजार १ सय ७४ भन्दा धेरैको ज्यान गएको छ।
रुसमा १० लाख ७९ हजार ५ सय १९ जना संक्रमित भएका छन् भने १८ हजार ९ सय १७ जनाको मृत्यु भइसकेको छ। स्पेनमा ६ लाख १४ हजार ३ सय ६० संक्रमित भएकोमा ३० हजार २ सय ४३ जनाले ज्यान गुमाएका छन्।
बेलायतमा ३ लाख ७८ हजार २ सय १९ संक्रमित भएकोमा ४१ हजार ६ सय ८४ जनाको मृत्यु भइसकेको छ।
पेरुमा संक्रमितको संख्या ७ लाख ४४ हजार ४ सय छ भने ३१ हजार ५१ जनाको मृत्यु भइसकेको छ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ