Logo

आइतवार, कार्तिक २३ गते २०८३

अ

प्रदेश ५ को राजधानी र नामका लागि मतदान सुरु

प्रदेश ५ को राजधानी र नामका लागि मतदान सुरु


प्रदेश ५ को राजधानी र नामका लागि मतदान सुरु

काठमाडौँ । प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ बनाउने प्रस्तावमा मतदान सुरु भएको छ।

कांग्रेसका रमा अर्याल र पुष्पा थरुनी र जसपाकी पुरमति ढेगा र सहसराम यादवले संशोधन प्रस्ताव दर्ता गराएपछि मतदान सुरु भएको हो।

संशोधन प्रस्तावमा कांग्रेसका रमा अर्याल र पुष्पा थरुनीले पूर्वमा नवलपरासीको बर्दघाट नगरपालिका, पश्चिममा कपिलबस्तुको शिवराज नगरपालिका, उत्तरमा पाल्पाको तिनाउँ गाउँपालिका र दक्षिणमा रुपन्देहीको शिद्धार्थ नगरपालिका चार किल्ला हुने गरी स्थायी मुकाम बनाउनु पर्ने उल्लेख गरेका थिए।

यस्तै जसपाका पुरमति ढेगा र सहसराम यादवले प्रदेशको नाम थरुहट अगध मगरात राख्न प्रस्ताव गरेका छन्।

हाल दाङको राप्ती र गढवा गाउँपालिका र अर्घाखाँचीको शितगंगा नगरपालिकाले ओटगेको राप्ती नदी किनारको मैदान भागलाई स्थायी राजधानी बनाउनुपर्ने प्रस्ताव प्रदेशसभामा पेश भएको छ।

 

कामना न्यूज

  • मंगलवार, आश्विन २० २०७७०४:३०:०६
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ