काठमाडौँ । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ५ हजार ६ सय ८५ पुगेको छ। प्रदेशमा आज थप ५२ जनामा सङ्क्रमण पुष्टि भएको छ।
सङ्क्रमित सबैको आइसोलेसनको व्यवस्थापनको तयारी भइरहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिएका छन्।
प्रदेशमा हालसम्म ८० हजार ३ सय ९० जनाको कोरोना परीक्षण गरिएको छ। कोरोना सङ्क्रमणका कारण हालसम्म ५० जनाको मृत्यु भएको छ भने ३ हजार ४ सय ८८ जना निको भएका छन्।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ