Logo

सोमवार, कार्तिक २४ गते २०८३

अ

नेपालमा पछिल्लो २४ घण्टामा थप ९३६ जनामा कोरोना

नेपालमा पछिल्लो २४ घण्टामा थप ९३६ जनामा कोरोना


नेपालमा पछिल्लो २४ घण्टामा थप ९३६ जनामा कोरोना

काठमाडौँ-नेपालमा पछिल्लो २४ घण्टामा थप ९३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ५० हजार १ सय ८० पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इलामका ५, उदयपुरमा १, झापामा १९, ताप्लेजुङका १३, तेह्रथुममा १, पाँचथरमा २, मोरङमा ३३, संखुवासभाका १, सुनसरी ३४, सोलुखुम्बुमा १, धनुषामा ३, पर्सा १, बारा २, सर्लाहीमा १, सिराहामा २ जना संक्रमित थपिएका छन्।

यस्तै काठमाडौँमा ३१०, काभ्रेमा ३१, चितवनमा १६, दोलखामा ८, धादिङमा ६, नुवाकोटमा ३, भक्तपुरमा ४२, मकवानपुरमा १३, रामेछापमा १, ललितपुरमा ८६ र सिन्धुपाल्चोकमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै सिन्धुलीमा २, कास्कीमा ७०, गोरखामा ५, तनहुँमा १५, नवलपरासीपुर्वमा ४, पर्वतमा १, म्याग्दीमा १, लमजुङमा ७, बागलुङमा ६, स्याङ्जामा ४, अर्घाखाँचीमा १, कपिलवस्तुमा ४, दाङमा २, नवलपरासीमा ५, पाल्पामा ६, प्युठानमा १६, बर्दियामा ५, बाँकेमा २७ जना संक्रमित थपिएका छन्।

यस्तै रुपन्देहीमा ३५, कालिकोटमा १, दैलेखमा १, रकुमपश्चिममा २, सुर्खेतमा ८, अछाममा ५, कञ्चनपुरमा १८, कैलालीमा ३३, डडेल्धुरामा ३, डोटीमा १, दार्चुलामा ३, बझाङमा २ र बैतडीमा २ जना संक्रमित थपिएका छन्।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ