Logo

आइतवार, कार्तिक २३ गते २०८३

अ

रोनाल्डोको युभेन्टस इटालियन सिरी ए को यो सिजनमा पहिलो पटक पराजित

रोनाल्डोको युभेन्टस इटालियन सिरी ए को यो सिजनमा पहिलो पटक पराजित


रोनाल्डोको  युभेन्टस इटालियन सिरी ए को यो सिजनमा पहिलो पटक पराजित

काठमाडौँ– साबिक विजेता युभेन्टस इटालियन सिरी ए फुटबलको यो सिजनमा पहिलो पटक पराजित भएको छ ।

लिग अन्तर्गत मंगलबार राति भएको खेलमा १० खेलाडीमा सीमित युभेन्टसलाई फियोरेन्टिनाले ३–० ले पराजित गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा १८ औँ मिनेटमा ख्वान कुआड्राडो सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिए । त्यसअघि नै तेस्रो मिनेटमा भ्लाहोविधले फियोरेन्टिनाका लागि गोल गरेका थिए ।

७६ औँ मिनेटमा युभेन्टसका लोबो सिल्भाले आत्मघाति गोल गरे । ८१ औँ मिनेटमा कासेरिसले गोल गरेपछि फियोरेन्टिना ३–० ले विजयी भयो । मंगलबारको खेलमा क्रिष्टियानो रोनाल्डोले गोल गर्ने प्रयास गरेका थिए, तर सफल भएनन् ।

हारपछि १३ खेलबाट २४ अंक भएको युभेन्टस चौथो स्थानमा झरेको छ । १४ खेलबाट १४ अंकसहित फियोरेन्टिना १५ औँ स्थानमा झरेको छ ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ