Logo

आइतवार, कार्तिक २३ गते २०८३

अ

सेञ्चुरी बैंक र नेपाल राष्ट्रिय व्यवसायी महासंघबिच सहुलियत कर्जा सम्बन्धी सम्झौता

सेञ्चुरी बैंक र नेपाल राष्ट्रिय व्यवसायी महासंघबिच सहुलियत कर्जा सम्बन्धी सम्झौता


सेञ्चुरी बैंक र नेपाल राष्ट्रिय व्यवसायी महासंघबिच सहुलियत कर्जा सम्बन्धी सम्झौता

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक र नेपाल राष्ट्रिय व्यवसायी महासंघबिच सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ। बैंकले नेपाल राष्ट्रिय व्यवसायी महासंघ र महासंघ अन्तर्गतका भोटेवहाल तयारी पोशाक उत्पादन तथा बिक्रेता संघ र नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघसँग छुट्टाछुटै सम्झौता गरेको हो।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट कृषि तथा विपन्न वर्ग कर्जा विभाग प्रमुख प्रविनकुमार दाहाल, साना तथा मझौला कर्जा विभाग प्रमुख राजेन्द्रप्रसाद तिमसिना र नेपाल राष्ट्रिय व्यवसायी महासंघका तर्फबाट अध्यक्ष नरेशकुमार कटुवाल, भोटेवहाल तयारी पोशाक उत्पादन तथा बिक्रेता संघका अध्यक्ष चन्द्र लामिछाने, नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघका अध्यक्ष आनन्द पौडेलले हस्ताक्षर गरेका हुन्।

उक्त सम्झौता अनुसार महासंघमा आवद्ध उद्यमी व्यवसायीलाई बैंकले सरल, सहज तथा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ । उक्त सहज एवं सहुलियतपूर्ण कर्जाबाट व्यवसायीलाई कोभिड–१९ को विश्वव्यापी महामारीले पुर्‍याएको प्रतिकुल प्रभावलाई कम गरि व्यवसायमा निरन्तरता दिन, व्यवसाय वृद्धि तथा उद्यमशीलता प्रवर्द्धनमा सहयोग पुग्ने बैंकले अपेक्षा गरेको छ ।

बैंकले १२० शाखा १० एक्सटेन्सन काउन्टर, २२ बान्चलेस बैंकिङ्ग र ८८ एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

कामना न्यूज

  • बुधवार, फाल्गुन १२ २०७७१०:५४:१५
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ