Logo

आइतवार, कार्तिक २३ गते २०८३

अ

राष्ट्र बैंकका निर्धारीत बाहेक अन्य कर्मचारीलाई सूचना सम्प्रेषण गर्न प्रतिबन्ध

राष्ट्र बैंकका निर्धारीत बाहेक अन्य कर्मचारीलाई सूचना सम्प्रेषण गर्न प्रतिबन्ध


राष्ट्र बैंकका निर्धारीत बाहेक अन्य कर्मचारीलाई सूचना सम्प्रेषण गर्न प्रतिबन्ध

काठमाडौं । नेपाल राष्ट्र बैंकले सूचना प्रवाहमा कडाई गरेको छ । राष्ट्र बैंकले तोकेको अधिकारी बाहेक अन्य पदाधिकारी तथा कर्मचारीलाई सूचना सम्प्रेषण गर्न प्रतिबन्ध लगाएको हो । राष्ट्र बैंकले सूचना प्रवाहलाई एकद्वारा प्रणालीमा लैजान भन्दै यस्तो व्यवस्था गरेको जनाएको छ । 
मंगलबार सूचना तथा सञ्चार नीति–२०७७ जारी गर्दै  राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकको नयाँ नीति अनुसार बैंकसँग सम्बन्धित कुनै पनि काम कारबाही तथा मुलुकको आर्थिक एंव वित्तीय अवस्थाका बारेमा कुनै पनि समयमा गभर्नरले सूचना सम्प्रेषण गर्न सक्ने, बैंकसँग सम्बन्धित आफ्नो कार्यक्षेत्रभित्र पर्ने कुनै पनि काम कारबाही तथा मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको बारेमा कुनै पनि समयमा सम्बन्धित डेपुटी गभर्नरले सूचना सम्प्रेषण गर्न सक्ने व्यवस्था गरेको छ ।

बैंकको निर्णय तथा गतिविधिबारे बैंकको प्रवक्ता वा सहप्रवक्ताले मात्रै सञ्चार माध्यमलाई सूचना दिनेछन् । कुनै विभागको काम कारबाहीको बारेमा गभर्नरको स्वीकृतबमोजिम कामकारबाहीको बारेमा सम्बन्धित विभागीय प्रमुखले प्रवक्तासँग समन्वय गरी सूचना सम्प्रेषण गर्न सक्नेछ ।

यस्तै राष्ट्र बैंकले सूचना तथा जानकारीलाई प्रभावकारी बनाउन भन्दै सामाजिक सञ्जालको प्रयोगलाई बढावा दिने भएको छ । सूचना आदान प्रदानको लागि फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्जालकोमा जोड दिने भएको हो । बैंकले प्रवाह गर्नुपर्ने सूचना तथा जानकारी बैंकको आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्न सक्ने व्यवस्था गरेको छ ।

सामाजिक सञ्जालको सञ्चालन गभर्नरको कार्यालय, सूचना तथा सञ्चार समन्वय महाशाखाले प्रवक्ता तथा सूचना अधिकारीको समन्वयमा हुनेछ । बैंकले विभिन्न सामाजिक सञ्जालमार्फत बैंकको आधिकारिक पेज वा अकाउन्ट सञ्चालन गरी बैंकका सूचना तथा जानकारी सम्प्रेषण गर्ने भएको छ ।

कामना न्यूज

  • बुधवार, फाल्गुन १२ २०७७१२:२३:०३
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ