खेलको अन्तिम समयमा क्रिष्टियानो रोनाल्डोले गरेको दुई गोलको सहयोगमा युभेन्टसले पछि परेको खेलमा पुनरागमन गरि जित दर्ता गरेको छ ।
इटालियन सिरी ए फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा युभेन्टसले युडिनेसलाई २–१ ले पराजित गरेको हो ।
अवे मैदानमा भएको खेलमा युभेन्टस पहिलो हाफमा १–० ले पछि परेको थियो । घरेलु टोली युडिनेसका लागि १० औँ मिनेटमा मोलिनाले गोल गरेका थिए ।तर दोस्रो हाफ, त्यसमाथि पनि अन्तिमको १० मिनेटमा रोनाल्डोले युभेन्टसलाई जोगाएका हुन् । ८३ औँ मिनेटमा उनले क्लबका लागि बराबरी गोल गरे । ८९ औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गरेपछि युभेन्टस विजयी भयो ।
जितपछि तेस्रो स्थानको युभेन्टसको ३४ खेलबाट ६९ अंक भएको छ । आइतबार राति नै भएको खेलमा सासुओलोसँग १–१ को बराबरी खेलेको दोस्रो स्थानको एट्लान्टाको पनि ३४ खेलबाट ६९ अंक नै छ । एलान्टाले बराबरी खेल्दा चार खेल बाँकी हुँदै शीर्ष स्थानको इन्टर मिलानले लिग उपाधि पक्का गरेको छ ।
आइतबार राति भएका अरु खेलमा साम्पडोरियाले रामोलाई २–० तथा लाजिओले जेनोआलाई ४–३ ले पराजित गर्दा नापोली र काग्लिएरीले १–१ को बराबरी खेलेका छन् ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ