Logo

सोमवार, कार्तिक २४ गते २०८३

अ

कोरोना परीक्षण गर्न नमानेका दुई जनाको मृत्यु

कोरोना परीक्षण गर्न नमानेका दुई जनाको मृत्यु


कोरोना परीक्षण गर्न नमानेका दुई जनाको मृत्यु

पाँचथर – कोरोना परीक्षण गर्न अस्वीकार गरेका दुई जनाको मृत्यु भएको छ।

एन्टिजेन परीक्षणका लागि स्वास्थ्यकर्मीको टोली गाउँमै गएका बेला परीक्षणका लागि गरिएको आग्रह अस्वीकार गरेका फिदिम नगरपालिका–८ का दुई पुरुषको बिहीबार मृत्यु भएको हो।

उनीहरूलाई कोरोनाको लक्षणसँग मिल्ने स्वास्थ्य समस्याका कारण मृत्यु भएको हो।फिदिम–८ को कागते र घुमाउनेटार घर भएका क्रमशः ७२ र ६२ वर्षीय पुरुषको मृत्यु भएको वडाध्यक्ष शेरबहादुर नेम्वाङले जानकारी दिए।

उनका अनुसार लक्षण देखिएका उनीहरूको परीक्षण हुन सकेको थिएन।‘वडामा टोली आउँदा परीक्षण गराऔँ भनेर मैले नै भनेको हुँ, मान्नुभएको थिएन’, वडाध्यक्ष नेम्वाङले भने, ‘हिजो दुःखद घटना भयो।’ उनीहरूमा ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्नेजस्ता स्वास्थ्य समस्या थिए।

एक जनाको बिहीबार अपराह्न ३ बजे घरैमै मृत्यु भएको थियो भने अर्कालाई श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि फिदिम ल्याउने क्रममा राति ९ बजे बाटैमा मृत्यु भएको वडाध्यक्ष नेम्वाङले बताए।

रासस

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ