काठमाडौं । नेपालमा मंगलबार थप ६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर ९ हजार ७७१ पीसीआर परीक्षणमा ५६९ जना र २ हजार २४९ एन्टिजेन परीक्षणमा ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै कोरोनाका कारण थप ११ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ३७२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।त्यस्तै थप ६२२ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ८८ हजार ६३० जना निको भएका छन् ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ