Logo

आइतवार, कार्तिक २३ गते २०८३

अ

अमेरिका–चीन संवादः रुसलाई नसघाउन बाइडेनले सीलाई चेतावनी दिने

अमेरिका–चीन संवादः रुसलाई नसघाउन बाइडेनले सीलाई चेतावनी दिने


अमेरिका–चीन संवादः रुसलाई नसघाउन बाइडेनले सीलाई चेतावनी दिने

अमेरिका र चीनका राष्ट्रपतिबीच टेलिफोन वार्ताको तयारी भइरहेको छ।

रुसले युक्रेनमाथि आक्रमण थालेयता अमेरिका र चीनका शीर्ष नेताबीच पहिलोपटक संवाद हुन लागेको हो। उनीहरुबीच शुक्रबार टेलिफोन वार्ता हुने ह्वाइट हाउसलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमाथि आक्रमण गर्दै आएको छ। अस्पताल, विद्यालय, सार्वजनिक भवन, आवासीय क्षेत्र, आवासीय भवन निशाना बनाएको रुसको विश्वव्यापी रुपमा आलोचना भइरहेको छ। तर चीनले हालसम्म युक्रेनमा गरेको आक्रमणलाई लिएर रुसको निन्दा गरेको छैन। चीनले युद्धका सम्बन्धमा आफूलाई तटस्थ राख्ने प्रयास गरिरहेको छ।

यही परिवेशमा अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच टेलिफोन वार्ता हुन लागेको हो।

रुसले चीनसँग युक्रेन युद्धका लागि सैन्य तथा वित्तिय सहयोग माग गरिरहेको र चीन पनि सहयोगका लागि सकारात्मक देखिएको दाबीसहितका खबर प्रकाशित भएको परिवेशमा बाइडेनले सीलाई चेतावनी दिने ह्वाइट हाउसका अधिकारीले बताएको खबरमा उल्लेख छ।

कामना न्यूज

  • शुक्रवार, चैत्र ४ २०७८०९:५७:०७
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ