लन्डन । बेलायतमा एकसय साठी वटा अन्डा, आठ किलोग्राम डार्क चकलेट र पन्ध्र किलोग्राम अरेन्ज जेली मिसाएर विश्वकै अहिलेसम्मकै सबैभन्दा ठूलो आकारको ‘जाफा केक’ तयार गरिएको छ । ‘ग्रेट ब्रिटिस बेक अफ’का पूर्वविजेता फ्रान्सेस क्विन र म्याकभिटिज कम्पनीका कर्मचारीहरूले सो ऐतिहासिक एवं स्वादिलो केक तयार गरेका हुन् ।
एकसय पचहत्तर सेन्टिमिटर व्यासको यो केकको आकार सामान्य आकारका छ हजार पाँच सय सन्ताउन्न वटा जाफा केक बराबर छ । क्विनले बेलायतको गट ट्यालेन्ट प्रोग्रामको १५ औँ वार्षिकोत्सवको अवसरमा असी किलोग्रामको यो केक तयार गरेकी हुन् ।
सन् २०१३ मा दि ग्रेट ब्र्रिटिस बेक अफको चौँथो सिरिज जितेकी क्विनले सन् २०१७ मा आफ्नै गिनिज वल्र्ड रेकर्ड तोडेकी थिइन् । बकिंगघमशायरको हाइ विकोम्वेस्थित म्याकभिटिजको बेकरीमा यो केक तयार गर्न एघार घण्टा लागेको थियो ।
स्काइ न्युजबाट ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ