पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटी (पिइएमआरए)ले इमरान खानको भाषण पाकिस्तानका सबै टिभी च्यानलहरूमा प्रसारण गर्न प्रतिबन्ध लगाएको छ।
पिइएमआरएले राष्ट्रिय सुरक्षाकाे लागि खतरा जनाउँदै भाषण प्रसारण गर्न प्रतिबन्ध लगाएकाे हाे।टिभी च्यानलहरूले पूर्वप्रधानमन्त्री खानको कुनै पनि भाषण र प्रेस सम्मेलन प्रसारण नगर्ने बताएको छ।
पिइएमआरएले यस्ताे गरेकाे पाइएमा टिभी च्यानलहरूलाई बिनासूचना निलम्बन गरिने पनि जनाएको छ।पिइएमआरएका अनुसार निलम्बन गर्नुअगाडि कुनै पनि च्यानललाई कारण देखाऊ सूचना पनि जारी गरिने छैन।
पिइएमआरएले यसअघिको पत्रकार सम्मेलनमा इमरान खानले गरेको टिप्पणीलाई ‘घृणित, निन्दनीय र अपमानजनक’ भनेकाे छ।सूचनामा भनिएको छ कि इमरान खानले ‘देशका संस्थाहरू विरुद्ध हत्याको षड्यन्त्रको आधारहीन आरोप’ लगाएका छन्।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ