Logo

आइतवार, कार्तिक २३ गते २०८३

अ

अनशनरत डा. गोविन्द केसीको  स्वास्थ्यमा समस्या आईसीयूमा राखेर उपचार हुदै

अनशनरत डा. गोविन्द केसीको  स्वास्थ्यमा समस्या आईसीयूमा राखेर उपचार हुदै


अनशनरत डा. गोविन्द केसीको  स्वास्थ्यमा समस्या आईसीयूमा राखेर उपचार हुदै

 

९ साउन, काठमाडौँ । 


धनगढीको कृष्ण मन्दिरस्थित धर्मशालामा तीन दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पताल लगिएको छ । उनलाई आईसीयूमा राखेर उपचार सुरु गरिएको अस्पतालले जनाएको छ ।

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका विभिन्न माग राख्दै डा. केसीले धनगढीको कृष्ण मन्दिरमा आफ्नो २४ औँ अनशन सुरु गरेका थिए । अनशनका क्रममा उनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल सारिएको हो ।
केसीका सहयोगी डा. अमृत जैसीका अनुसार उनको शरीरमा सुगरको मात्रा निकै घटेर ५० पुगेको थियो । स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि उनलाई धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएको हो । केसीले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, स्वास्थ्य सेवाको पहुँच तथा सम्बन्धित विषयमा आफ्ना माग सम्बोधन हुनुपर्ने माग राख्दै अनशन थालेका हुन् ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ