२५ भदौ, कामना।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको ९ औं राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरिएको छ। पूर्वनिर्धारित कार्यतालिकाअनुसार आगामी असोज १६, १७ र १८ गते महाधिवेशन सम्पन्न गर्ने निर्णय भएको थियो। तर विशेष परिस्थितिको कारण उक्त मितिमा महाधिवेशन सम्पन्न गर्न सम्भव नभएपछि नयाँ मिति तय गरिएको प्रतिष्ठानले जनाएको छ।
बिहीबार बसेको प्रतिष्ठानको सचिवालय बैठकले महाधिवेशन असोज २२, २३ र २४ गते महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकामा गर्ने निर्णय गरेको अध्यक्ष रीता थापा मगर र महासचिव शिव हमालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ