Logo

सोमवार, कार्तिक २४ गते २०८३

अ

उपत्यकासहित पूर्वी भागमा ठूलो पानी नपर्ने, पश्चिमतिर भोलिसम्म जोखिम

उपत्यकासहित पूर्वी भागमा ठूलो पानी नपर्ने, पश्चिमतिर भोलिसम्म जोखिम



१० असोज, कामना ।

नेपाल मौसम विज्ञान विभागले काठमाडौं उपत्यकासहित पूर्वी भूभागमा आजबाट पानी पर्न कम हुने जनाएको छ । तर पश्चिमी भूभागमा भने आज र भोलि पनि वर्षा निरन्तर हुने सम्भावना रहेको विभागले जनाएको छ ।

बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव पूर्वबाट क्रमशस् पश्चिमतिर सर्दै गएकाले पश्चिमको तुलनामा पूर्वी भागमा वर्षाको मात्रा कम हुँदै गएको मौसमविद रोजन लामिछानेले जानकारी दिए । ‘पूर्वमा बादल लाग्ने र हल्का वर्षा हुने सम्भावना छ । तर पश्चिममा भने आज र भोलि पनि भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ,’ लामिछानेले भने ।

उनका अनुसार भोलि साँझसम्म पनि पश्चिम क्षेत्रमा वर्षाको सम्भावना छ । भोलि दिउँसो वा साँझदेखि पूर्वी भूभागमा मौसममा उल्लेखनीय सुधार देखिने उनले बताए । कतै कतै बादल लाग्ने र हल्का वर्षा हुने भए पनि ठूलो पानी नपर्ने उनको भनाइ थियो ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ