असोज २६ कामना ।
गरिमा विकास बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। कास्कीको पोखरा महानगरपालिकास्थित होटल पोखरा ग्रान्डमा असोज २६ गते सोमबार सम्पन्न साधारणसभाले सेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसहित विभिन्न प्रस्ताव पारित गरेको छ।
साधारणसभाले कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (प्रस्तावित बोनस सेयर तथा नगद लाभांशमा लाग्ने करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको बैंकले जनाएको छ।
सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, २०८३ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफा–नोक्सान बाँडफाँट हिसाब तथा इक्विटीमा भएको परिवर्तनसम्बन्धी विवरण र अनुसूचीहरू पनि पारित गरेको छ।आर्थिक वर्ष २०८३/८४ को लेखापरीक्षणका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावसमेत सभाबाट पारित भएको छ।
बैंकको प्रेस विज्ञप्तिअनुसार हाल गरिमा विकास बैंकको चुक्ता पुँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३६७ रुपैयाँ २२ पैसा रहेको छ। १० प्रतिशत बोनस सेयर वितरणपछि बैंकको जारी तथा चुक्ता पुँजी बढेर ६ अर्ब ६२ करोड ३४ लाख ८३ हजार २०३ रुपैयाँ ९४ पैसा पुग्नेछ। आईएसओ ९००१/२०१५ तथा आईएसओ २७००१/२०२२ प्रमाणित बैंकले देशभर १२६ शाखा कार्यालय, ५१ एटीएम तथा डिजिटल बैंकिङ सेवामार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ