Logo

आइतवार, कार्तिक २३ गते २०८३

अ

यी तीन कम्पनीको करिब ३३ करोडको आईपीओ आउँदै

यी तीन कम्पनीको करिब ३३ करोडको आईपीओ आउँदै


यी तीन कम्पनीको करिब ३३ करोडको आईपीओ आउँदै

काठमाडौं । विभिन्न ३ वटा कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेका छन् । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड, जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले कुल ३२ लाख ६६ हजार कित्ता आईपीओ निष्काशनको माग गरेको नेपाल धितोपत्र बोर्डले जनाएको छ । 

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ करोड ८९ लाख रूपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता साधारण सेयर ९आईपीओ० निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि फागुन १४ गते, शुक्रबार सेबोनमा निवेदन पेश गरेको हो । संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले १९ करोड ७७ लाख ३० हजार रूपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि फागुन १७ गते, सोमबार सेबोनमा निवेदन पेश गरेको हो । संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ । सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले ९ करोड रूपैयाँ बराबरको ९ लाख कित्ता आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि फागुन २० गते, बिहीबार सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

कामना न्यूज

  • बुधवार, फाल्गुन २६ २०७७१२:२४:१९
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ